SEE का विद्यार्थीहरुका लागी निःशुल्क Online कक्षा सञ्चालन सम्बन्धमा।

कोरोना भाइरसको माहामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारको मिति २०७६/१२/२७ गतेको निर्णयले लकडाउनको समय थप गरेको सन्दर्भमा यस इन्नोभेटिभ रिसर्च एण्ड एजुकेशनल सर्भिसेज प्रा.लि., दाङ्ग ले यही मिति २०७७/०१/०२ गते देखी देशै भरिका SEE का विद्यार्थीहरुका लागी निःशुल्क Online कक्षा सञ्चालन गर्न गइरहेको जानकारी गराउन चाहन्छौं। SEE को पूर्व निर्धारित परिक्षा स्थगित गरिएको र औपचारिक कक्षाहरु पनि बन्द भएकाले विद्यार्थी भाई बहिनीहरुको पठनपाठन कार्य प्रभावित भएको हामिलाई महसुस भएको छ। विद्यार्थी भाई बहिनीहरुको पठनपाठन कार्यमा केहि सघाउ पुर्‍याउने उद्देश्यले यस संस्थाले मिति २०७७/०१/०१ गते देखी विभिन्न समयमा दैनिक रुपमा गणित र विज्ञान विषयका कक्षाहरु निःशुल्क रुपमा अनलाइन माध्ययमबाट पढाउने जानकारी गराउँदछौं।

साथै, यस परिस्थितिमा सुरक्षित रहनको लागि सबै आवश्यक सावधानीहरू अपनाउन पनि हार्दिक अनुरोध गर्दछौं। सकारात्मक हुनुहोस् कि हामी सबै वर्तमान स्थितिबाट छिट्टै नै निस्कने छौं। स्वस्थ, सुरक्षित र खुसी रहनुहोस्। नव वर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना।

धन्यवाद।

सफ्टवेयर प्रयोग सम्बन्धि जानकारीः-

  • तलको लिंकमा गिइएको फर्म भरि Meeting ID, Password र online link SMS मार्फत प्राप्त गर्नुहोस्।

                      https://forms.gle/xoo2EKKFddTjxSy59 

                सफ्टवेयर प्रयोग सम्बन्धि थप सहयोग आवश्यक परेमा ९८०१११९१८१ मा सम्पर्क गर्नु हुन अनुरोध छ।